Aafno Khabar

काेराेना संक्रमणबाट थप ८ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • August 27, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।

प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट ललितपुरकी ६५ वर्षकी महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ६२ वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला तथा काठमाडौंका ४८ वर्षका पुरुष, पर्साका ६२ वर्षका पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।

बिहीबार देशभर १ हजार १ सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । देशभर संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किसकेकाे मन्त्रालयले जनाएकाे छ ।

उपत्यकामा मात्र बिहीबार तीन सय ७७ काेराेना संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ ।