Aafno Khabar

काठमाडाैं उपत्यकामा थप तीन सय ७७ काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 27, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप तीन सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

संक्रमित हुनेहरुमा काठमाडौंका २ सय ७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जना रहेका छन् ।