काठमाडाैं । काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गाैतमले उपत्यकामा थप १ सय २७ जनाकाेराेना संक्रमित थपिएकाे जनाकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार काठमाडौं जिल्लामा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो । हिजाे बुधबार उपत्यकामा १ सय ३८ जना काेराेना संक्रमित भेटिएका थिए ।
देशभर बिहीबार ५ सय २५ जना काेराेना संक्रमित थपिएका छन् । यीसहित नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ९ सय ५७ पुगेकाे छ ।
विगत २४ घण्टामा काेराेना संक्रमणका कारण ४ जनाकाे मृत्यु भएकाे पनि मन्त्रालयले जनाएकाे छ । नेपालमा हालसम्म ९५ जना काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ ।