Aafno Khabar

बिहीबार थपिए ५ सय २५ काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

काठमाडाैं । बिहीबार देशभर ५ सय २५ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर काेराेना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

विगत २४ घण्टामा १०९ जना काेराेना निकाे भएर डिस्चार्ज भएका छन् । हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।

विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पिसिआर परीक्षण भएकाे पनि मन्त्रालयले जनाएकाे छ ।