Aafno Khabar

विगत २४ घण्टामा काेराेना संक्रमित थप ४ जनाकाे मृत्यु, मृतककाे संख्या ९५

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

काठमाडाैं । नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको पुष्टि गर्नुभएकाे हाे ।

मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिनुभयाे ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ । गत २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।