Aafno Khabar

उपत्यकामा थप ८७ जनामा काेभिड १९ संक्रमण पुष्टि

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

काठमाडौं । उपत्यकामा ८७ जना कोरोना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे ।

बिहीबार देशभर ३ सय ६० जना संक्रमित थपिएका छन् । देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

याे पनि – स्वास्थ्य मन्त्रालयकाे चेतावनी : यसरी नै संक्रमित बढे अस्पतालले धान्न सक्दैन