Aafno Khabar

बिहीबार थपिए ३ सय ६० जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

काठमाडौं । बिहीबार नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ६० जना संक्रमित भेटिएका हुन् ।

याे सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । बिहीबार थप २ सय ३३ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म १५ हजार ३ सय ८९ जना काेराेना संक्रमण मुक्त भइसकेका छन् ।

काेराेना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ६५ जनाकाे ज्यान गइसकेकाे छ ।