Aafno Khabar

रेडियो नेपालका समाचार प्रमुख नवराज लम्सालसँग पनि सञ्‍चार मन्त्रालयले माग्यो स्पष्टीकरण

  • April 28, 2020 प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको विषय लिएर सञ्चार तथा सूचना मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहित समाचार प्रमुख नवराज लम्सालसँग पनि स्पष्टीकरण सोधेको खुलेको छ ।

रेडियो नेपालबाट सोमबार बिहान ६:३० मा प्रशारित अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको आलोचना गरेको विषयलाई लिएर सञ्चार मन्त्रालयले स्पष्टीकरण सोधेको हो। सोमबार सोधिएको स्पष्टीकरण तीन दिनभित्र पेश गर्न पत्रमा भनिएको छ।