काठमाण्डाै – फुटबल खेलेर धेरै जसो खेलाडीहरुले राम्रो कमाइ गरेका हुन्छन् । धेरैजसो खेलाडीले फुटबलबाट नाम र दाम प्रशस्त कमाउँछन् । वर्तमान समयमा विश्वका पाँच धनी फुटबलरहरुकाे सूची यसप्रकार छ ।
१. फैक जेफ्री बाेल्किआ
ब्रुनाइका सुल्तान हस्सानल बाेल्किआका भतिज फैक विश्वकै धनी फुटबलरमध्ये पहिलो नम्बरमा पर्दछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेकाे अध्ययन अनुसार फैकसँग २० बिलियन बराबरको सम्पति रहेको छ । उनी प्रिमियर लिग क्लब लेस्टर सीटीका मिडफिल्डर हुन् भने ब्रुनाइको राष्ट्रिय टिमका लागि पनि खेल्दछन् ।
२. क्रिस्टियानो रोनाल्डो
पोर्चुगल तथा सीरी ‘ए’ क्लब युभेन्टसका स्टार रोनाल्डोसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ । रोनाल्डो पाँच पटकको बालोन डी ओर तथा ५ पटकको च्याम्पियन्स लिग विजेता समेत हुन् । उनका लागि युभेन्टसले वार्षिक ३० मिलियन डलर खर्चिने गरेको बताइएको छ ।
३ .डेभिड बेक्ह्याम
डेभिड बेकह्यामले फुटबलबाट सन्यास लिइसकेका छन् । उनी अहिले आफ्नो छुट्टै क्लब स्थापित गर्न लागिपरेका छन् । उनले मेजर लिग सकरमा नयाँ क्लब इन्टर मायामीको स्थापना गरेका छन् । डेभिडसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ ।
४. लियोनल मेस्सी
लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाका कप्तान हुन् भने उनी ६ पटकको बालोन डि’ ओर विजेतासमेत हुन् । मेस्सीसँग ४०० मिलियन बराबरको सम्पति भएको बताइएको छ ।
५ .नेयमार
ब्राजिलका नेयमार सबैभन्दा धनी फुटबलरमध्ये पाँचौ स्थानमा पर्दछन् । नेयमारले २००३ मा सान्टोसबाट फुटबलको यात्रा सुरु गरेका थिए । भने उनी २०१३ मा बार्सिलोना आएका थिए र त्यही समयदेखि चर्चा बटुल्न सफल भए । उनी २०१७ मा २२२ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्धित भएका थिए । नेयमारसँग ३५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ ।