Aafno Khabar

बैंकिङ प्रणालीमा सात महिनामा १० खर्बभन्दा बढी अन्तर-बैंक लेनदेन

  • आफ्नो खबर
  • March 10, 2025 प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कुल १० खर्ब ४० अर्ब ८१ करोड रुपैयाँ बराबरको अन्तर-बैंक कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा वाणिज्य बैंकहरूबीच मात्रै ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँको अन्तर-बैंक कारोबार भएको छ। त्यस्तै, अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबाहेक) को कारोबार १ खर्ब २ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको २५ खर्ब ९६ अर्ब १८ करोड तथा अन्य वित्तीय संस्थाहरूको २ खर्ब ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड अन्तर-बैंक कारोबार भएको थियो।