चितवन । राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्याम सुन्दर उप्रेतीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । श्रीमती र नावालिक छोरीलाइ निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोपमा उप्रतीविरुद्ध सोही वडाका एक पुरुषले उजुरी दिएका हुन् ।
आफु कामको शिलशिलामा बहिर भएको समयमा श्रीमतीसंग वडा अध्यक्षले पटक पटक फोनमा कुराकानी गर्ने, म्यासेन्जरमा आपत्तिजनक कुराकानी गर्ने तथा आफ्नो नावालिग छोरीको विभिन्न किसिमको तस्विर माग्ने गरेको उजुरीमा उल्लेख छ ।
वडाअध्यक्ष उप्रेती र आफ्नी श्रीमतीको गलत क्रियाकलापको शिकार आफ्नी नावालिग छोरी भएको भन्दै वडाअध्यक्ष उप्रेतीलाइलाई तत्काल झिकाइ कारवाहि गर्न उनले प्रहरीमा दायर गरेकाे उजुरीमा उल्लेख छ ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनमा उप्रेती विरुद्ध उजुरी लिएर जाँदा प्रहरीले विभिन्न कारण देखाउदै उजुरी फिर्ता गराएको उनको आरोप छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा प्रहरीले कार्यालयमा निवेदन आएको र यसलाई छलफल मार्फत टुंग्याउने बताएको छ ।
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष उप्रेतीको यो दोस्रो कार्यकाल हो । उनी नेकपा एमाले राप्ती नगर कमिटी उपाध्यक्ष समेत हुन ।