Aafno Khabar

नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतमको उम्मेदवारी

  • आफ्नो खबर
  • July 17, 2022 प्रकाशित

काठमाडाैं । नेपाल व्यापार संघको आगामी नेतृत्वका लागि हरि बहादुर गौतमले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

हालका उपाध्यक्ष रहेका उनले स्वभाविक रुपमा अध्यक्षको दावी रहने बताएका छन् । व्यवसायीका समस्या समाधानका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

साना तथा मझौला व्यवसायीका समस्या समाधानका लागि आफूले निरन्तर लागिरहेको भन्दै यसलाई थप मर्यादित बनाउनका लागि पनि आफूले नेतृत्वमा दाबी गरिरहेको उनको भनाइ छ ।