Aafno Khabar

केटीहरुले एक चुल्ठी बाट्दा केटाहरु उत्तेजित भएपछि…..

  • आफ्नो खबर
  • २०७८ फाल्गुन ३० गते २३:१६ प्रकाशित

एजेन्सी । केटीहरुको कपाल एक चुल्ठी बनाएर बाट्दा केटाहरुमा यौन उत्तेजना आएको भन्दै जापानमा केटीहरुलाई एउटा चुल्ठी बाट्न प्रतिबन्ध लगाइएको छ ।

द न्युयोर्क टाइम्समा छापिएको समाचार अनुसार जापानको स्कुलमा एउटा चुल्ठी बाटेर केटी आउँदा उत्तेजना आएको सो स्कुलका केटाहरुको गुनासो थियो ।

सो गुनासोपछि जापानका कतिपय विद्यालयहरुले भने छात्रहरुमा यौन उत्तेजना ल्याएको भन्दै छात्राहरुलाई कपालको एउटा चुल्ठी बाट्न अर्थात् पोनीटेल बनाएर आउन प्रतिबन्ध लगाएका छन् ।

कतिपय स्कुलमा मोजाको रङ, स्कर्टको लम्बाइदेखि अण्डरवेयरका विषयमा पनि अनौठा नियम तोकिएको हुन्छ । केटीहरुले केबल सेतो रङको अण्डरवेयर लगाउनुपर्ने नियम हुन्छ स्कुलहरुमा । त्यस्तै कपालमा कलर गरेर अरु रङ बनाउन पाइँदैन र कालो हुनै पर्दछ ।

छात्राहरुले एउटा चुल्ठी बाट्न नपाउने उक्त नियमलाई लिएर सन् २०२० मा जापानको फुकुओका इलाकाका विभिन्न स्कुलहरुमा सर्भेक्षण गरिएको थियो ।

त्यसक्रममा छात्राहरुले एउटा चुल्ठी बाट्दा नाङ्गो गर्धन देखिने र त्यसले केटाहरुमा यौन उत्तेजना आउने कतिपयको तर्क थियो ।

धेरै मानिसको त्यस्तो धारणा पाएसँगै स्कुलहरुमा छात्राहरुलाई एउटा चुल्ठी बाट्नमा प्रतिबन्ध लगाइयो । जसका कारण छात्राहरुलाई त्यस्तो नियम मान्नुको विकल्प रहेन ।

स्कुलहरुले यो नियमलाई जबरजस्ती लागू गरेका छन् । कतिपय यस्ता अनौठो र परम्परागत नियमहरुलाई ‘ब्ल्याक रुल्स’ पनि भनिन्छ ।