Aafno Khabar

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

  • आफ्नो खबर
  • February 23, 2022 प्रकाशित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता सेयर बिक्री खुल्ला गरेको हो।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ। कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

जारी पुँजी २५ करोड ५० लाखको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।