दाङ । आफू प्रहरीको सई भएको भन्दै मान्छेलाई धम्काउने एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।
सोमबार राति १० बजेतिर कोठा तर्फ जाँदै गरेको अबस्थामा आर्मी ब्यारेक नजिक मार्शल पुनमगर र सन्तोष खडकालाई धम्काएको उजुरीका आधारमा खोतजलास गर्दा घोराही १७ करजाई निवासी २५ बर्षीय छ्याक्ने भन्ने अनिल पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रा ४ प ६३३० नम्बरको मोटरसाईकलमा आएका २ जना ब्यक्तीहरुले एक्कासी आएर पीडित दुबै जनालाई अपशब्द प्रयोग गरी हातपात समेत गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
उनीहरुले आफूहरु प्रहरीको सई भएको र खानतलासी गर्नुपर्छ भनी पिडितहरुको साथमा रहेको २ थान मोबाईल फोन र चार हजार नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।
उनलाई संकास्पद अबस्थामा फेला पारि बयान लिदा प्रहरीको सई भएको भनी आफूहरुले लुटपाट गरेको स्वीकार गरेको समेत रिजालले बताए । रिजालका अनुसार उनको साथबाट लुटिएको मोबाईल समेत बरामद गरिएको छ ।