Aafno Khabar

जबरजस्ती करणी आरोपमा कांग्रेस नगरउपसभापति पक्राउ

  • आफ्नो खबर
  • २०७८ पुष ४ गते १५:२२ प्रकाशित

सांकेतिक तस्बिर

रुपन्देही । नेपाली कांग्रेसका सिद्धार्थनगर उपसभापति एवम् वडा नम्बर—७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको बुझिएको छ । यद्यपि यो विषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको प्रहरीले घटनाको अनुसन्धान जारी रहेका कारण केही भन्न नमिल्ने जनाएको छ ।

अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन नमिल्ने प्रहरीले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप लागेको छ ।