Aafno Khabar

बेलायतमा ओमिक्रोनबाट एक जनाको ज्यान गयो, बुस्टर डोजका लागि प्रधानमन्त्रीको आह्वान

  • आफ्नो खबर
  • २०७८ मंसिर २८ गते ०८:३४ प्रकाशित

बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट एक जनाको ज्यान गएको छ । बेलायतमा ओमिक्रोन संक्रमणका कारण ज्यान गएको यो पहिलो घटना हो ।

ओमिक्रोनका कारण ज्यान गएको खबर प्रधानमन्त्री बोरीस जोन्सनले पुष्टि गर्दै बुस्टर खोपको लागि आह्वान गरेका छन् । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे ।

स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको बताएका छन् । ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको उनले बताएका छन् ।