Aafno Khabar

भाेलि तीन बजेसम्म प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दाेलन हुन्छ : बार

  • आफ्नो खबर
  • November 18, 2021 प्रकाशित

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ ।

बारले बिहीबार गरेको आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलन घोषणा गर्ने बताएका हुन् ।