Aafno Khabar

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा लकडाउन

  • आफ्नो खबर
  • November 15, 2021 प्रकाशित

भारत । दिल्ली सरकार वायु प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न तयार भएकाे छ ।

सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारलाई दिल्लीमा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न सुझाव दिएको थियो । दुई दिनसम्म लकडाउन गर्ने गरि आपतकालिन योजना प्रस्तुत गर्न सर्वोच्चले भनेको थियो ।

अरविन्द केजरीवाल नेतृत्वको सरकार प्रदूषण नियन्त्रण गर्न आफूहरु तयार भएको जानकारी गराएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लकडाउनबाट वायुको गुणस्तरमा केही सुधार हुने अपेक्षा दिल्ली सरकारले लिएको छ । भारतका मुख्य न्यायाधीश एनवी रमन्नासहितको बेन्चले यो मुद्दाको सुनुवाइ गरिरहेको छ ।

दिल्लीको वायुको गुणस्तरमा सोमबार केही सुधार आएको जनाइएको छ । गम्भीर श्रेणीबाट अति खराबको सूचीमा एक्युआइ आएको छ । दिल्लीको एक्युआइ साेमबार ३३८ पीएम भएकाे बताइएकाे छ । एक्युआइ शून्यदेखि ५० को बीचमा रहनुलाई स्वस्थकर वायू मानिन्छ ।