काठमाडाैं । विदेशी मूल्यको विनिमय दर नेपाली रूपैयाँसँग अमेरिकी डलरको अवमूल्यन आइतबार पनि कायम छ । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ प्रति डलर थप ६ पैसाले अवमूल्यन भएर ११६ रुपैयाँ ५४ पैसामा झरेको हो ।
गत शुक्रबार अमेरिकी डलर एकको खरिद दर नेपाली रुपैयाँ ११६ रुपैयाँ ६० पैसा र बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको थियो ।
यस्तै, आइतबार युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ३४ पैसा र बिक्री दर १३९ रुपैयाँ ०५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ०८ पैसा र बिक्री दर १६१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिद दर ८६ रुपैयाँ ६२ पैसा र बिक्री दर ८७ रुपैयाँ ०६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९२ रुपैयाँ ९५ पैसा र बिक्री दर ९३ रुपैयाँ ४३ पैसा रहेको छ भने आज यता जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६० पैसा र बिक्री दर १० रुपैयाँ ६६ पैसा रहेको छ ।
आइतबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०७ पैसा र बिक्री दर १८ रुपैयाँ १६ पैसा रहेको छ ।
यता साउदी अरेबियन रियाल आइतबार एकको खरिद दर ३१ रुपैयाँ ०७ पैसा र बिक्री दर ३१ रुपैयाँ २३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६२ पैसा र बिक्री दर ३१ रुपैयाँ ७८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।