Aafno Khabar

कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

  • आफ्नो खबर
  • २०७८ भाद्र ५ गते ०९:०३ प्रकाशित

काठमाडाैं । वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ ।

कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार बिहान पाटन अस्पतालमा निधन भएको उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ । अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको निधन भएको हो । काेराेना संक्रमित भएपछि उनी २ सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।

६४ वर्षीय थापाले हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरी बास्सै लगायतका  टेलिफिल्ममा अभिनय गरेका थिए । केही ठूला पर्दाका​ चलचित्र र विज्ञापनमा पनि उनकाे अभिनय रहेकाे छ ।  हल्का रमाइलाेमा उनी ‘बखते’काे भुमिकामा देखिएका थिए ।

कलाकार थापाको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमामार्फत दु:ख व्यक्त गरेका छन् । उनको परिवारमा श्रीमती, एक छोरा र छोरी छन् ।