काठमाडाैं । बलिउड सुपरस्टार शाहरुख खान बौद्धिक अभिनेताका रुपमा परिचित छन् । उनको चतुर शैली र सेन्स अफ ह्युमर सबैका लागि लाेभ्याउने किसिमकाे छ । सरल स्वभाव र प्रश्नकाे सरल जवाफ दिने शाहरुखकाे अभिव्यक्ति बेलाबेलामा चर्चा हुने गरेकाे छ ।
सन् २००९ मा शाहरुख प्रवर्द्धन गुरु अरिन्दम चौधरीको पुस्तक ‘डिस्कभर द डायमण्ड इन यू’ सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित थिए । जहाँ उनले आफ्नो एक अनौठो इच्छाको खुलासा गरेका थिए ।
कार्यक्रममा शाहरुखले आफू एक एडल्ट फिल्मको स्टार बन्न चाहेको बताएका थिए । उनकाे उक्त अभिव्यक्तिका कारण कार्यक्रममा उपस्थित सबै चकित परेका खबर भारतीय सञ्चारमाध्यम जागरणले प्रकाशित गरेकाे छ ।
त्यतिबेला उनले भनेका थिए ‘म जहिल्यै एडल्ट फिल्मको स्टार बन्न चाहन्थेँ । म एडल्ट फिल्म स्टार बन्नका लागि पूरा सकारात्मक र स्पष्टताका साथ काम गर्न चाहन्थेँ ।’
उनकाे याे अभिव्यक्तिमा फ्यानहरुले मजाक गरेकाे भन्ने साेचेका थिए । तर शाहरुखले आफू सिल्वेस्टर स्टेलोनको ठूलो फ्यान रहेकाले उनकै पदचाप पछ्याउन चाहेको खुलाएका थिए । किनकी सिल्वेस्टर हलिउडमा सुपरस्टार बन्नु अघि एडल्ट फिल्मको स्टार थिए । कार्यक्रममा शाहरुखले आफू एक सफल एडल्ट स्टार बनेर देखाउने घोषणासमेत गरेका थिए ।
शाहरुख सामाजिक सञ्जालमा निकै सक्रिय अभिनेता हुन् । उनी आफ्ना फ्यानका जस्तो सुकै प्रश्नको सरल र सहज किसिमले उत्तर दिन्छन् । जुन उत्तरले उनी समय–समयमा विवादमा पनि तानिन्छन् ।