काठमाडाैं । उमेर बढेपछि अनुहारको छाला पनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुगी छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।
यसका लागि फलफूल र खानपानमा विशेष जोड दिनुपर्छ । यी फलफूल खाएर पनि तपाइँले आफ्ना समस्या हटाउन सक्नुहुनेछ ।
सुन्तला – सुन्तलामा भएको भिटामिन सीले हाम्रो छाला चम्किलो बनाउँछ । यसको रस अनुहारमा दल्नाले हाम्रो अनुहारको दाग, बिमिरालगायत अन्य समस्याहरु हट्छन् ।
खर्बुजा – खर्बुजाले हाम्रो शरीरलाई चिसो बनाउने गर्छ भने यसले हाम्रो छालालाई नरम पनि बनाउने गर्दछ । यसबाट हामीले भिटामिन सी पनि प्राप्त गर्न सक्छौँ । त्येसैले खर्बुजा खानु उचित हुन्छ ।
स्याउ – स्याउमा छाला चम्किलो बनाउने तत्वहरु कपर, भिटामिन सी र पोटासियम पाइन्छ । त्यसकारण स्याउ खाने गर्नुस् ।
मेवा – मेवामा हामीहरु पोषणयुक्त तत्वहरु पाउन सक्छौँ । मेवा खानाले हामीलाई धेरै फाइदा हुन्छ । यसले हाम्रो तौल घटाउन मदत गर्छ र हाम्रो छाला ताजा जवान पनि देखाउँछ ।