काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्थाले साउन महिनामा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । सानिमा इन्स्योरेन्सले साउन २० र मानुषी लघुवित्तले २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेका हुन् ।
सानिमाले ६० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ । जसमध्ये ५ प्रतिशशत कर्मचारीलाई र थप ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
साउन २७ गतेदेखि मानुषी लघुवितत्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।
आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त अवधिमा आईपीओ बिक्री नभए भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रहेको छ । आईपीओ बाँडफाँटपछि पुँजी १० करोड ९३ लाख पुग्नेछ ।