Aafno Khabar

थप २४ सय ४५ जनामा कोरोना संक्रमण, १२ सय ५८ जना निकाे

  • आफ्नो खबर
  • २०७८ साउन ४ गते १६:५२ प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६ सय ४२ जना र ३८ सय ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२ सय ५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ९ हजार ५८२ जनाको काेराेना संक्रमणका कारण ज्यान गइसकेकाे छ ।