Aafno Khabar

नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाकाे ८ कराेडकाे आईपीओ आउने

  • आफ्नो खबर
  • २०७८ असार २६ गते १८:५० प्रकाशित

काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । आईपीओ निष्काशनका लागि गत ६ गते नै बोर्डमा निवेदन दिएको संस्थाले जानकारी दिएकाे छ ।

अब बोर्डले अनुमति दिएपछि संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।