ज्योतिषशास्त्रमा कूल १२ वटा राशिफलहरुका वर्णन गरिएको छ । यसमा प्रत्येक राशिहरुको आआफ्नै गुण तथा विशेषताहरू हुने गर्दछ । यीनै राशिहरुबाट कुनै पनि व्यक्तिको प्रकृति, व्यक्तित्व र भविष्य अनुमान गर्न सकिन्छ ।
ज्योतिषशास्त्रका अनुसार प्रत्येक राशिको एक स्वामी ग्रह हुने गर्दछ । यस स्वामी ग्रहको प्रभाव सम्बन्धित व्यक्तिमा पनि पर्ने गर्दछ । शास्त्रमा यस्ता ४ राशिहरूको बारेमा वर्णन गरिएको छ जुन आफ्ना पतिको लागि भाग्यशाली मानिन्छ । भनिन्छ कि जुन घरमा यी राशिहरू दुलही भएर जान्छन् त्यहाँ सुख र समृद्धिको कुनै कमी हुन्न ।
कुम्भ राशि :
भनिन्छ, यस राशिका स्त्रीहरू आफ्ना पतिहरूका लागि भाग्यशाली साबित हुन्छन् । यस राशिका स्त्रीहरू केयरिङ, आत्म–विश्वासी र स्वतन्त्र विचार धारणका हुन्छन् । यीनीहरू जहाँ जान्छन्, खुशी फैलाउँदछन् । गाह्रोभन्दा गाह्रो समय र परिस्थितिमा पनि यीनीहरु आफ्नो पतिको साथ कहिल्यै छोड्दैनन् । यीनीहरु सधैं आफ्नो परिवारलाई अगाडि राख्दछन् ।
मीन राशि :
धर्मशास्त्रका अनुसार यस राशिका स्त्रीहरू भावुक र मायालु स्वभावका हुन्छन् । यी राशि भएका स्त्रीहरु आफ्नो पतिको खुशीको ख्याल राख्ने स्वभावका हुन्छन् । भनिन्छ कि जो केटासँग यी राशिको विवाह हुन्छ त्यसले प्रगतिको खुट्किलो चढ्दछ । यस्ता स्त्रीहरू आफ्नो परिवारलाई समस्याहरुबाट निकाल्न हरेक त्याग गर्न पनि तयार हुने स्वभावका हुन्छन् । यीनीहरु निकै भावुक पनि हुने गर्दछन् ।
मकर राशि :
यस राशिका स्त्रीहरू आफ्ना पतिहरूका लागि भाग्यशाली मानिन्छ । यस्ता श्रीमती घरमा आयो भने श्रीमानकाे बिग्रेको काम पनि बन्ने गर्दछ । यस्ता स्त्रीहरू बौद्धिक र समझदार स्वभावका हुन्छन् । यीनीहरुको समझदारीका कारण सम्पूर्ण परिवारलाई एकतामा राख्न यीनीहरु सक्षम हुँन्छन् । यस्ता स्त्रीहरू मितव्ययी हुन्छन् र फजुल खर्चहरू गर्न रुचाउँदैनन् । यीनीहरु परेको बेलामा जस्तोसुकै कठीनाइहरुको पनि सामना गर्न तत्पर हुन्छन् ।
मेष राशि :
ज्योतिषशास्त्रका अनुसार, मेष राशिका स्त्रीहरु आफ्ना पतिहरूमा समृद्धि लिएर आउने गर्दछन् । भनिन्छ कि यीनीहरू जुन घरमा जान्दछन् त्यहाँ धन र सम्पदाको कुनै कमी आउँदैन । यस राशिका स्त्रीहरू आफ्ना पतिहरूका लागि निकैनै इमानदार र मायालु हुन्छन् । यीनीहरू जस्तोसुकै संकटको समयमा आफ्ना प्रियजनहरूलाई सहयोग गर्ने गर्र्दछन् । यीनीहरूसँग अरूलाई खुशी पार्ने प्रतिभा लुकेको हुन्छ । यीनीहरु अत्यन्तै दयावान् हुने गर्दछन् ।
– यो लेखमा भनिएका कुराहरु सामान्य जानकारी र मान्यतामा आधारित छ ।