Aafno Khabar

पर्वतकाे पैयुँ गाउँपालिकाले सुरु गर्‍याे बजेटकाे सम्बन्धमा सुझाव संकलन

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २२ गते २०:४६ प्रकाशित

पर्वत । पर्वतकाे पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्षकाे बजेटका सम्बन्धमा सुझाव संकलन सुरु गरेकाे छ । गाउँपालिकाले फाेन तथा इमेलमार्फत सुझाव संकलन सुरु गरेकाे हाे ।

आगामी आर्थिक वर्षकाे लागि बजेट ल्याउने तयारी गरिरहेकाे बेलामा गाउँपालिकाकामा बसाेबास गर्ने तथा अन्य स्थानका मानिसहरुबाट सुझाव पठाउन आग्रह गरेकाे हाे । गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार कृषि, प्रविधि, पर्यटक र पूर्वाधार पैयुँबासीकाे समृद्धिकाे आधार भन्ने मूल नाराका साथ गाउँपालिकाकाे आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम तर्जुमा गरेकाे छ ।

गाउँपालिकाले बजेटमा काेभिड नियन्त्रण, कृषि, पर्यटन र पूर्वाधारलाई विशेष प्राथमिकता दिने पनि अध्यक्ष तिवारीले बताए । यसअघिका वर्षहरुमा बजेटकाे बारेमा भाैतिक रुपमा छलफल हुने गरेकाे भए पनि यसवर्ष काेराेना महामारीका कारण फाेन तथा इमेलबाट सुझाव संकलन गर्न थालिएकाे गाउँपालिकाले जनाएकाे छ ।

मानिसहरुले इमेलमार्फत तथा गाउँपालिकामा फाेन सम्पर्क गरेर पनि सुझाव टिपाउन सक्ने व्यवस्था मिलाइएकाे छ । यसले गाउँमा भइरहेकाे समस्या समाधान हुने र नागरिककाे अपेक्षा अनुसार बजेट बितरण हुने गाउँपालिकाकाे विश्वास छ ।