Aafno Khabar

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने

  • आफ्नो खबर
  • May 2, 2021 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएकाे स्राेतले जानकारी दिएकाे छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुन: अस्तित्वमा आएका छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारकाे समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । यही परिस्थितिमा ओलीले विश्वासकाे मत लिने तयारी गरिरहेका छन् ।

ओलीले वैशाख २७ गते विश्वासकाे मत लिने स्राेतकाे दाबी छ ।