Aafno Khabar

जागिरकाे प्रलाेभनमा मापसे गराएर किशाेरी बलात्कार, गाउँपालिका अध्यक्ष पक्राउ

  • आफ्नो खबर
  • April 22, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव किशाेरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरी १७ बर्षिया किशाेरीलाई गाउँपालिकामा जागिर लगाइदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गराई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

गाउँपालिकाका अध्यक्षले सरकारी गाडीमा युवती राखी धरान तर्फबाट लागे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । धरान उपमहानगरपालिका–४ को डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । बलत्कारमा परेकी किशाेरीका अभिभाकले आज जबरजस्ती करणी ऐन अन्तर्गत जाहेरी दिए पश्चात् प्रहरीले मुद्धा दर्ता गरी आबश्यक कारबाही अगाडि बढाएको छ ।

यादव विरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरि घटनाको अनुसन्धान अगाडी बढाइएको डिएसपी बस्नेतले जानकारी दिए । यादव २०७४ सालको स्थानिय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट भोक्राहा गाँऊपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् । पक्राउ गरिएका यादव र बलात्कारमा परेकी किशाेरी दुबैको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य परिक्षण पछि किशाेरीलाई परिवारको जिम्मा लगाइएको छ ।