Aafno Khabar

डा.नवराज लम्साललाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

  • आफ्नो खबर
  • २०७७ चैत्र १६ गते १६:४२ प्रकाशित

काठमाडौं । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा.नवराज लम्साललाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

रिपोर्टर्स क्लब नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालसहित तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको राशि ५० हजार रहेको छ ।

क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा भोलि आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु