Aafno Khabar

नेकपा एमालेका चार नेताले बुझे स्पष्टीकरण पत्र

  • आफ्नो खबर
  • २०७७ चैत्र ९ गते २१:०४ प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतालाई स्पष्टीकरण पत्र बुझाएको छ । एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार चारै नेताका सहयोगीले सोमबार पत्र बुझेका छन् ।

एमाले केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलको हस्ताक्षरमा स्पष्टीकरणपत्र सोधिएको हो।

पत्र बुझेको तीन दिनभित्र स्पष्टीकरण पत्रको जवाफ पेश गर्न पत्रमा उल्लेख गरिएको छ । गत शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी र सरकारको विरुद्धमा गएर अभिव्यक्ति दिने तथा सामानान्तर कमिटी गठन गरी गुट भेलालाई निरन्तरता दिएको भन्दै चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।