Aafno Khabar

सगरमाथा चढ्न बहराइनका राजकुमार काठमाडौंमा, ८० दिन नेपालमा बस्ने

  • आफ्नो खबर
  • २०७७ चैत्र २ गते १८:४४ प्रकाशित

फाइल तस्विर

काठमाडौं । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ ।

बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले सोमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ ।

राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।