Aafno Khabar

एमालेमा सच्चिएर नआए विधानअनुसार कारबाही गर्ने ओलीको चेतावनी

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २९ गते १६:०० प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गर्नुभएको छ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने बताउनुभयो ।

माधव नेपाल पक्षलाई इंकित गर्दै प्रधानमन्त्री ओलीले ७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको भन्दै केन्द्रीय कमिटीका सबै सदस्यलाई आउन आग्रह गर्नुभउो । उहाँले भन्नुभयो ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उहाँको भनाई छ । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उहाँले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताउनुभयो । बाटो बिराएका नेताहरुलाई सच्चिएर आउन आग्रह गर्दछु, उहाँले भन्नुभयो तर केपी ओलीलाई ठेगान लगाउँछौं भन्नुभयो भने बाटैमा ठेस लाग्छ ।