Aafno Khabar

सार्वजनिक हुँदै विप्लवले भने ‘जनता के चाहन्छन् भन्ने बुझ्न जनमत आवश्यक छ’

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २१ गते प्रकाशित

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव औपचारिक रूपमा सार्वजनिक हुनुभएको छ । सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित हुनुभयो ।

समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको  एउटा नयाँ दिनको रुपमा परिभाषित गर्नुभयो । सहमति भएको तीन बुँदाप्रति प्रतिबद्ध रहेको र त्यसलाई पालना गर्ने चन्दले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको उल्लेख उहाँले जनता के चाहन्छन् भन्ने विषयमा जनमत बुझ्न अझै आवश्यक रहेको बताउनुभयो ।

हामीले एकचोटि त्यसका लागि आँट गर्नुपर्छ।‘म सबैलाई आग्रह गर्न चाहन्छु जुन अवसर हामीले प्राप्त गरेका छौँ त्यसलाई जनताको हितमा सार्थक बनाऔँ।’