Aafno Khabar

प्रदेशसभा विघटन हुन्न: मन्त्री कार्की

  • आफ्नो खबर
  • २०७७ पुष १५ गते प्रकाशित

मोरङ । प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने दृढता व्यक्त गर्नुभयो ।

आगामी माघ ७ गते प्रदेशसभा बैठक आह्वान बोलाइसकेको जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशसभा विघटन गरी प्रदेशका संरचनालाई अस्थिर नबनाइने स्पष्ट गर्नुभयो । उहाँले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव हतारोमा आएको टिप्पणी गर्दै नेकपा कानूनी रुपमा विभाजित नभएको र अविश्वास प्रस्ताव सामान्य कुरा भएको जनाउनुभयो ।