Aafno Khabar

रक्सी खाएर आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैद

  • आफ्नो खबर
  • २०७७ पुष १४ गते प्रकाशित

प्रतिकात्मक तस्बिर ।

तनहुँ । आमालाई जर्बजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले छोरालाई जन्मकैदको फैसला सुनाएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय बासुदेव पौडेलले आमालाई जर्बजस्ती करणी गरेको आरोपमा अदालतले यस्तो फैसला सुनाएको हो ।

हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला अदालत तनहुँले जनाएको छ ।

४७ वर्षीया आफ्नै आमालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।