Aafno Khabar

नेपालमा विवादित एमसीसीबाट किन बाहिरियो श्रीलङ्का ?

  • आफ्नो खबर
  • December 17, 2020 प्रकाशित

काठमाडौं । नेपालमा विवादित रहेको एमसीसीबाट श्रीलंका बाहिरिएकाे छ । अमेरिकी सरकारद्वारा सन्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले श्रीलंकामा सन्चालन गर्न लागेको ४ सय ८० मिलियन डलरको परियोजनाबाट बाहिरिने निर्णय गरेको हो।

एमसीसीको यो परियोजनामा नेपाललाई पनि सहभागि हुन प्रस्ताव गरिएको छ । एमसीसीको परियोजनामा सहभागि हुने या नहुने भन्नेमा नेपालका राजनैतिक दलहरुमा विवाद रहेको छ । विशेष गरी सत्तारुढ दल नेकपाका नेताहरु एमसीसी अनुमोदन गर्न नुहने पक्षमा रहेका छन् ।

श्रीलंकाली संचार माध्यमका अनुसार डिसेम्बरमा १५ मा बसेको एमसीसी बोर्ड बैठकमा भएको मतदानमा श्रीलंकामा आफ्नो परियोजना बन्द गर्ने पक्षमा धेरै मत खसेको थियो । यसै पनि श्रीलंकामा एमसीसीको इकाईले काम गर्न सकेको थिएन । एमसीसीले यसबारेमा औपचारिक घोषणा भने गरिसकेको छैन ।

पछिल्लो यहापालना सरकारको मन्त्रिपरिषदले सन् २०१९ को राष्ट्रपति निर्वाचन अगाडि एमसीसी परियोजना पारित गरेको थियो । तर निर्वाचनपछि गोताबाया राजापाक्षेको नेतृत्वमा बनेको नयाँ सरकारले सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो ।

एमसीसी एउटा अनुदान परियोजना हो र उसले मुख्यतः २ क्षेत्रलाई समेट्नेछ– एक सडक र अर्को भूमि परियोजना । ३ सय ५० मिलियन डलरको सडक आयोजनाले पश्चिम र मध्य क्षेत्रका दुई प्रदेश सावारागामुआ र उभाका ग्रामिण सडकको क्षमता बिकासका लागि सहयोग गर्नेछ ।

एमसीसीका स्थानीय समर्थकका अनुसार यसले भौतिक सडकमार्गको स्तरोन्नत्ति गर्नेछ, यातायात प्रणाली आधुनिक बनाउनेछ र नीति नियमक संस्थालाई सुधार गर्नेछ ।