Aafno Khabar

सातामा कति पटक यौन सम्बन्ध राख्नु राम्रो ?

  • एजेन्सी
  • December 12, 2020 प्रकाशित

आफ्नो स्वास्थ्य ध्यानमा राखेर यौन सम्बन्ध स्थापित गर्नु एकदमै राम्रो मानिन्छ । हालै गरिएको एक अध्ययनले हप्तामा कति पटक यौन सम्बन्ध राख्दा राम्रो हुने भन्ने तथ्य बाहिर ल्याएको छ ।

आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नुपर्ने देखायो । यसको मतलव हप्तामा एक दिन अनिवार्य सेक्स गर्नु राम्रो हो ।

सन् २००० र २००४ कोबीचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी जति पटक यौन सम्बन्ध राख्छन् त्यस संख्यामा कमी आएको देखाएको छ । आफ्नो कामको व्यस्ताले, मानिसक तनाव जस्ता कारणले मानिसको यौन शक्तिमा ह्रास आएको देखाएको हो ।

वर्षेपिच्छे यौन सम्बन्ध राख्ने जोडीको संख्यामा कमि हुँदै गएको अध्ययनले देखाएको हो । लगभग दुई दशक पहिलेको तथ्यांकको तुलनामा जोडिहरु अब ९ गुना कम यौन सम्बन्ध राख्ने गरेका छन् ।

जर्नल अफ सोशल साइकोलोजिकल ऐन्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो जोडी सातामा एक पटक यौन सम्पर्क गर्छन्, उनीहरु सबैभन्दा खुसी देखिन्छन् ।