Aafno Khabar

आज देशैभरी मौसम बद्ली हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • आफ्नो खबर
  • December 6, 2020 प्रकाशित

काठमाडौं । आज देशभरको मौसम बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम बद्ली भएको छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको महाशाखाको भनाई छ ।

आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।