काठमाडौं । नेपालमा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने अहिलेसम्म २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार २२०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।