Aafno Khabar

कोरोना अपडेट : थप १४९० कोरोना संक्रमित, ९ जनाको मृत्यु

  • आफ्नो खबर
  • December 2, 2020 प्रकाशित

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप १४९० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् ।

गएको २४ घण्टामा १५६७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख १४ हजार १ सय ६१ रहेको छ ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५३८ जना रहेको छ ।