काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिने प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ३२ वर्षीय सुरज राईलाई प्रहरीले पक्राउ गरेको हो ।
नगद लिएपछि फरार रहेका सुरजलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।