Aafno Khabar

सुशान्त सिंह राजपुत आत्महत्यादेखि रिया चक्रवर्ती पक्राउसम्म : के-के भयाे ?

  • एजेन्सी
  • September 12, 2020 प्रकाशित

भारतीय चलचित्रका अभिनेता सुशान्त सिंह राजपुतकाे आत्महत्याकाे घटनाले भारतमा निकै हंगामा मच्चाइरहेकाे छ । याे घटना सुल्झिनुका साटाे उल्झिरहेकाे छ । यस घटनामा राजनीतिक नेताहरुकाे आराेप प्रत्याराेप, नार्काेटिक्स विभागकाे कारबाही, सीबीआई जाँच, सुशान्तका पिताकाे एफआईआर, माेदीका लागि सुशान्तकाे बहिनीकाे पत्र, बलिउडमा सामूहिक द्वन्द्वकाे आराेप, पैसा हिनामिनाकाे आराेप, लागूऔषध सँगकाे कनेक्सनलगायत विविध कुराहरु जाेडिइसकेका छन् ।

सुशान्तकाे मृत्युकाे मामिलामा हरेक दिन एक नयाँ कुरा सामने आइरहेका छन् । सुशान्तकी गर्लफ्रेण्ड रिया चक्रबर्तीकाे गिरफ्तार पछि पनि अनेक सवाल उठिरहेका छन् ।

रिया चक्रबर्तीकाे गिरफ्तार किन भयाे ? 

लागूऔषध ओसार पसारकाे मामिलामा अभिनेत्री रिया चक्रबर्तीकाे ८ सेप्टेम्बरमा गिरफ्तार गरी २२ सेप्टेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएकाे छ । उनले मुम्बइकाे विशेष अदालतमा शुक्रबार जमानतका लागि आग्रह गरिन् । तर उनकाे आग्रह विषेश अदालतले खारेज गरिदियाे । अदालतले उनका साथ उनका भाइ शाैविक चक्रवर्ती र अन्य अभियुक्त अब्दुल बासित, जायद विलात्रा, दीपेश सावन्त र समुअल मिरांडाकाे जमानत खारेज गरेकाे हाे ।

रिया चक्रवर्तीमाथि सुशान्तकाे लागि ड्रग्सकाे व्यवस्था मिलाउने र त्यस समयमा पैसाकाे लेन देन गरेकाे आराेप लागेकाे छ । रिया एनडीपीएक्स काे धारा ८सी २२, २७ए २८ तथा २९ अनुरुप पक्राउ परेकी हुन् । जसमा ड्रग्सकाे तस्करी र ड्रग्स लिनका लागि मजबुर गर्ने तथा षड्यन्त्रमा सामेल हुनेका आराेप रहेकाे छ । रियाले ड्रग सेवन गर्ने गरेकाे तथा उनीसँग ड्रग्स भेटिएकाे भन्ने कुनै पनि आधिकारिक पुष्टि भने भएकाे छैन ।

४ सेप्टेम्बरका दिनामा रियाकाे भाइ पनि एनडिपीएस एक्ट अनुसार  पक्राउ परेका हुन् । यहाँ याे कुरा जान्न जरुरी छ कि सुशान्त सिंह राजपुतकाे मृत्युमा ड्रग्सकाे के लेन देन छ, यसकाे कुनै पनि किसिमकाे लिंक अहिलेसम्म कुनै पनि जाँच एजेन्सीले साबित गर्न सकेकाे छैन । तर भारतीय मिडियामा भने सुशान्त सिंह राजपुतका लागि ड्रग्स दिएर रियाले आफ्नाे वशमा पारेकाे खबरहरु यसअघि पनि आइरहेका छन् । कयाैँ मानिसहरुले यही कारण पनि रियामाथि शंकाकाे दृष्टिले हेरिरहेका छन् ।

एनसीबीले अहिलेसम्म रिया र उनका भाइसहित १० जना पक्राउ गरिसकेकाे छ । यी १० जनामा सुशान्तका घरका म्यानेजर समुअल मिरांडा, सुशान्तका स्टाफ दिपेश सावन्त, ड्रग सप्लायर जैद विलातरा, बासित परिहार, अनुज केशवानी, कजान इब्राहिम, अब्बास अली लखानी तथा कर्ण अराेडा रहेका छन् ।

सुशान्तकाे मृत्युकाे मामिलामा कति एजेन्सीले जाँच गरिरहेका छन् ? 

सुशान्त सिंह राजपुतकाे मृत्यु हत्या थियाे वा आत्महत्या ? अथवा आत्महत्याका लागि उनलाई कसैले उक्साएका थिए ? यसबारेमा सीबीआई जाँच गरिरहेकाे छ । १९ अगष्टमा सुप्रिम काेर्टले यसघटनाकाे बारेमा जाँच गर्नका लागि सीबीआईलाई जिम्मेवारी सुम्पिएकाे थियाे । यसभन्दा पहिले मुम्बइ पुलिस र बिहार पुलिस यस घटनाकाे बारेमा जाँच गरिरहेका थिए ।

मुम्बइ पुलिसले जाँचकाे समयमा कुल ५६ जनाकाे बयान लिएकाे थियाे । त्यसपछि याे मामिला सीबीआईमा पुगेकाे हाे ।

मुम्बइ पुलिस कमिसनर परम बीर सिंहले जाँचकाे समयमा भनेका थिए, ‘मुम्बइ पुलिसकाे जाँच सही दिशामा चलिरहेकाे छ, सम्भावित कारणकाे ध्यानमा राखेर जाँच भइरहेकाे छ । सुशान्त बाइपाेलर डिसअर्डरका बिरामी थिए उनकाे उपचार पनि भइरहेकाे थियाे । कुन परिस्थितिमा उनकाे मृत्यु भयाे हामी यसबारे जाँच गरिरहेका छाैँ ।’

उनले सुशान्तकी बहिनी, परिवारका अन्य सदस्य, चलचित्रका निर्देशक तथा निर्माता सहित ५६ जनाकाे बयान लिएकाे बताएका थिए ।

सुशान्तका पिता के के सिंहले गत अगष्ट महिनामा एक भिडियाेमार्फत मुम्बइ पुलिसले घटनाकाे जाँचमा लापरबाही गरेकाे आराेप लगाएका थिए । उनले भनेका थिए, ‘ २५ फेब्रुअरीमा मैले बांन्द्रा पुलिसँग बताएकाे थिएँ कि उ खतरामा छ । १४ जुनमा उसकाे मृत्यु भयाे । मैले उनीहरुमाथि कारबाहीकाे माग राखेकाे थिएँ जसकाे नाम २५ फेब्रुअरिकाे गुनासाेमा लिएकाे थिएँ । तर सुशान्तकाे मृत्यु भएकाे ४० दिनमा पनि उमाथि कुनै कारबाही भएकाे छैन । यसकारण मैले पटनामा एफआईआर दर्ता गरेकाे हुँ ।’

मुम्बइ पुलिसले २५ फेब्रुअरीमा सुशान्तका पिताले गरेकाे गुनासाेकाे खारेज गरेकाे थियाे । बांन्द्रा पुलिसमा यस किसिमकाे लिखित उजुरी नपरेकाे बताएकाे थियाे ।

बिहार पुलिसले सुशान्तकाे पिताले एफआईआर दर्ता  गराएपछि पूरा मामलाकाे जाँच सुरु गरेकाे थियाे । बिहार पुलिसका अधिकारी जब मुम्बइ गएका थिए तब उनी क्वारेन्टिनमा राखिए । त्यसपछि बिहार सरकारकाे तर्फबाट सीबीआई जाँचकाे माग गरियाे ।

रिया चक्रबर्तीले पटनामा दर्ता भएकाे एफआईआर मुम्बइ ट्रान्सफरका लागि सुप्रिम काेर्टमा आग्रह गरिन् । सुप्रिम काेर्टले पूरा जाँच सीबीआईमा सुम्पने फैसला सुनायाे । अहिले सुशान्तकाे मृत्युकाे मामला सीबीआईले जाँच गरिरहेकाे छ ।

सुशान्तकाे परिवारले पैसा संकलनकाे जुन कुरा एफआईआरमा उल्लेख गरेकाे छ यसकाे जाँच प्रवर्तन निदेशालय अर्थात इडीकाे तर्फबाट भइरहेकाे छ । यस जाँचकाे समयमा ड्रग्सकाे कनेक्सन पनि जाेडिएकाे छ । यसकाे जाँच नार्काेटिक्स कन्ट्राेल ब्यूराेले गरिरहेकाे छ ।

कुन एजेन्सीकाे जाँच कहाँ पुगेकाे छ ? 

जाँच गरिरहेका कुनै पनि एजेन्सीले याे केशकाे बारेमा यकिन तथ्य बाहिर निकाल्न सकेका छैनन् । याे जाँच कुन दिशामा गइरहेकाे छ भनेर पनि कसैले खुलेर भन्न सकिरहेका छैनन् । सीबीआईका एक अधिकारिले भनेका छन्, ‘सीबीआई नियमकाे तरिकाबाट सुशान्तसिंह राजुपुतकाे मृत्युकाे मामलामा जाँच गरिरहेकाे छ । कतिपय सञ्चारमाध्यमले सीबीआईकाे उद्धृत गरी जानकारी पेश गरिरहेका छन् । याे मनगढन्ते र भ्रमपूर्ण छ । सीबीआईकाे नीति अनुसार जब कुनै घटनाबारे जाँच चलिरहेकाे हुन्छ त्यतिबेला त्याे घटनासँग जाेडिएका काेही पनि जानकारी हामी शेयर गर्दैनाैँ ।’

उनले भनेका छन् ‘ याे घटनामा सीबीआई उद्धृत गरी भनिएका जानकारी निराधार छ । मिडियासँग याे अनुराेध छ सीबीआईकाे काेट गर्नका लागि प्रवक्तासँग खबरकाे पुष्टि गर्नु जरुरी छ ।’

इडीकाे तर्फबाट पनि अहिलेसम्म आधिकारिक जानकारी आएकाे छैन । इडीले पैसाकाे काराेबारबारे घटनाकाे जाँच गरिररहेकाे छ । यसका अलावा रिया चक्रवर्ती आफैँले एक इन्टरभ्यूमा भनेकी छिन् इडीले उनीसँग साेधपुछ गरेकाे थियाे ।

यस घटनाकाे जाँच गरिरहेकाे तेस्राे एजेन्सी हाे नार्काेटिक्स कन्ट्राेल ब्यूराे । यसकाे तर्फबाट पनि काेही आधिकारिक जानकारी आएकाे छैन । जाँच सुरु गर्ने बेलामा नार्काेटिक्स विभागका डेपुटि डिजी अशाेक जैनले सेप्टेम्बर पहिलाे सातामा भनेका थिए, ‘एनसीबी अन्तरर्राष्ट्रिय तथा अन्तरराज्यीय ड्रग कनेक्सनकाे जाँच गर्छ ताकी यस र्‍याकेटमा जाेडिएका ठूलाे माछा पक्राउ पर्न सकाेस् । हामी यस्ताे (रिया-सुशान्त) मामिलाकाे जाँच गर्दैनाैँ तर अब हामीले जानकारी प्राप्त गरिसकेका छाैँ । हामी हाम्राे कर्तव्यबाट बिमुख हुनेछैनाैँ ।’

रिया र उनकाे परिवारमाथि सुशान्तका पिताले एफआईआरमा  के आराेप लगाए ? 

सुशान्त सिंहका पिता केके सिंहले छाेराकाे मृत्युकाे एक महिनापछि २५ जुलाइमा पटनाकाे राजीव नगर थानामा एफआईआर दर्ता गराएका थिए । परिवारका वकिलका अनुसार पटना पुलिसले एफआईआर दर्ता गर्न मानिरहेकाे थिएन । मुख्यमन्त्री नीतीश कुमारकाे आग्रहपछि एफआईआर दर्ता भएकाे थियाे ।

सुशान्तकाे पिताकाे एफआईआरमा लेखिएकाे छ, ‘मे २०१९ मा रियाकाे इन्ट्री सुशान्तकाे जिन्दगीमा भयाे । रियाले आफ्नाे आमा-बुबा, भाइ र अन्य मानिसका साथ जाल बुनेर सुशान्तसँगकाे परिचय बढाउन लागिन् । रिया परिवारका सदस्यसहित मिलेर मेरा छाेराकाे सम्पर्ककाे फाइदा उठाएर अभिनयकाे दुनियामा आफू स्थापित हुन र उसकाे पैसा हडप्न जाल बुनिरहेकी थिइन् ।’

रिपाेर्टमा उनले अन्य सवाल पनि उठाएका थिए । 

  • रियासँग सम्पर्कमा आएपछि सुशान्तकाे मानसिक तनाव बढेकाे थियाे । यसकाे जाँच गरियाेस् ।
  • यदि सुशान्तकाे मानसिक बिमारी थियाे भने उपचारका लागि परिवारकाे इजाजत किन मागिएन ?
  • उपचार गराइरहेका डाक्टरसँग पनि साेधपुछ गरियाेस् ।
  • पछिल्लाे वर्ष मेराे छाेराकाे बैंक खातामा १७ कराेड रुपैयाँ थियाे । जसमा १५ कराेड पैसा निकालिएकाे छ । कुन कुन खातामा पैसा ट्रान्सफर भएकाे छ । त्यसकाे पनि जाँच हुनुपर्‍याे ।
  • रिया सुशान्तकाे जिन्दगीमा आएपछि सुशान्तकाे फिल्म मिल्न किन बन्द भयाे यसकाे पनि जाँच हुनुपर्‍याे ।
  • मेराे छाेरा अर्गानिक खेतीका लागि केरल जान चाहान्थ्याे । जुन कुरा रियाकाे चाहाना थिएन । यसकारण  उसकाे मानसिक स्थिति र इलाजसँग जाेडिएकाे सारा पेपर मिडियामा लिक गर्ने धम्की दिएर सब डकुमेन्ट लिएर गएकी थिइन् । यसकाे पनि जाँच हुनुपर्‍याे ।

सुशान्तकाे परिवारमाथि रियाले एफआईआरमा के आराेप लगाइन् ? 

६ सेप्टेम्बरमा नार्काेटिक्स विभागकाे साेधपुछ पछि रिया चक्रबर्तीले मुम्बइमा एफआईआर दर्ता गराएकी छिन् । एफआईआरमा रियाले सुशान्त सिंह की दिदी प्रियंका सिंह र दिल्लीका राम मनाेहर लोहिया अस्पतालका डाक्टर तरुण कुमार तथा अन्यकाे विरुद्धमा धाेका दिएकाे, एनडीपीएस एक्ट तथा टेलिमेडिसिन एक्ट उल्लेख गरेकी छिन् ।

रिया रिपाेर्टका अनुसार ‘८ जुनकाे दिनमा सुशान्त बिहान फाेनमा काेहीसँग कुरा गर्न लागेका थिए । जब मैले उनीसँग साेधेँ काेसँग कुरा गरिरहेका छाै ?  उनले च्याटमा भएकाे मेसेज देखाए । जुन सुशान्तकी दिदीले पठाएकी थिइन् । मेसेजमा त्याे औषधिकाे पूरा लिस्ट थियाे जाे राम मनाेहर लाेहिया अस्पतालका डाक्टर तरुण कुमारले पठाएका थिए । उनीहरुमध्ये केही औषधिकाे नाम यस्ताे थियाे जुन एनडीपीएस एक्टका अनुसार प्रतिबन्धित छ ।

रियाका अनुसार उनले याे औषधि सेवन नगर्न सल्लाह दिएकी थिइन् । तर सुशान्तले नमानेकाे उनले बताएकी छिन् । रियासँग सुशान्तसिंहका परिवार खुशी थिएनन् । सुशान्तका परिवारले रियासँगकाे सम्बन्ध मन नपराउने गरेका कारण ड्रग्स लिने गरेकाे भनी अफवाह फैलाएकाे उनले परिवारमाथि आराेप लगाएकी छिन् ।

रियाले सुशान्तसँग भेट हुनुपूर्व सुशान्त डिप्रेशनकाे शिकार भएकाे पनि बताएकी छिन् । केही डाक्टरसँग उनकाे उपचार पनि भइरहेकाे थियाे ।

१४ जुनमा के के भयाे ?

१४ जुन २०२० । आइतबारकाे दिन। दिउँसाे २ : ३० बजे । टिभी च्यानलमा सुशान्तकाे आत्महत्याकाे समाचार बज्न थाले । सुशान्तकाे मृत शरिर मुम्बइस्थित उनकाे घरमा मिलेकाे थियाे । पुलिसले भनेकाे थियाे उनले घरमा आत्महत्या गरे । पुलिसले उनकाे घरमा सुसाइड नाेट भेटेनन् । आत्महत्याका कारण आजसम्म पत्ता लाग्न सकेकाे छैन ।

सबैभन्दा पहिला सुशान्तका घरेलु नाेकरले बांद्रा पुलिस स्टेशनमा फाेन गरेर सुशान्तकाे मृत्युकाे खबर दिएका थिए  । उनकाे मृत्युमा प्रधानमन्त्री, मुख्यमन्त्री, क्रिकेट स्टार र तमाम बलिउडमा काम गरिरहेकाहरुले समवेदना प्रकट गरे । त्यतिबेला कसैलाई पनि थाहा थिएन कि उनकाे मृत्युपश्चात यस्ताे हंगामा हाेला भन्ने कुरा ।

सुशान्त सिंह राजपुतका घरेलु सहयाेगीले मुम्बइ पुलिससँग बताए अनुसार, बिहान सब ठिकठाक थियाे । बिहान ६ : ३० मा सुशान्त सुतेर उठेका थिए । उनले ९ बजे अनारकाे जुस पनि पिएका थिए । त्यसपछि उनकाे बहिनीसँग कुरा भएकाे थियाे ।

बहिनीसँगकाे कुराकानी पछि उनले आफ्ना साथी महेश सेट्टीसँग कुरा गरेका थिए । सुशान्तले आफ्नाे अन्तिम कल उनीसँग गरेका थिए । त्यसपछि उनी आफ्नाे काेठामा गए । जब १० बजे खानाका लागि सहयाेगीले ढाेका ढकढक्याउँदा उनले ढाेका खाेलेनन् ।

त्यसकाे करिब २ घण्टापछि मेनेजरले सुशान्तकी बहिनीलाई फाेन गरे । त्यसपछि उनी आइन् र ढाेका खाेल्दा उनकाे मृत्यु भइसकेकाे थियाे । प्रहरीका अनुसार सुशान्तकाे मृत्यु १० देखि १ बजेकाे बीचमा भएकाे हाे । उनकाे शव साँझ ५ : ३० मा डाक्टर आर एन कपुर हस्पिटल लगिएकाे थियाे । जहाँ सुशान्तकाे शवकाे पाेस्ट मार्टम तीन जना डाक्टरले गरेका थिए । उनकाे अन्तिम संस्कार १५ जुनमा गरिएकाे थियाे ।

-बीबीसी हिन्दीकाे सहयाेगमा ।