Aafno Khabar

काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी–साधन (भिडियो)

  • आफ्नो खबर
  • २०७७ भाद्र २५ गते प्रकाशित

काठमाडौं । उपत्यकामा सार्वजनिक गाडी चल्न थालेका छन् । जोर–बिजोर प्रणालीमा गाडी खुलाउने निर्णयअनुसार आज बिजोर नम्बरका गाडी चलेका हुन ।

हिजो उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाको छलफलपछि जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोर–बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउने निर्णय गरेको थियो । निजी र सार्वजनिक सबै गाडीमा जोर–बिजोर प्रणाली लागू हुनेछ ।

जोर–बिजोर प्रणालीमा गाडी चलाउन पाइने भए पनि सार्वजनिक गाडी भने १६ सिट क्षमताभन्दा माथिका गाडी मात्रै चलाउन पाइने छ । यस्तै यस्ता गाडीमा एक सिट छोडेर यात्रु राख्नु पर्ने छ भने गाडी चलाउँदा र चढ्दा अनिवार्य मास्क लगाउनुपर्छ ।