काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गर्ने प्रस्तावमा अन्तिम रूप दिएका छन् ।
बुधबार २ नेताबीच भएकाे भेटवार्तामा प्रस्तावलाई अन्तिम रुप दिएका हुन् । भदौ ६ गते कार्यदलले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर अध्यक्षद्वयले स्थायी समितिमा पेश गर्ने प्रस्ताव तयार गरेका हुन् ।
प्रस्तावमा ओली–प्रचण्डको भूमिका थप प्रष्ट पारिएको छ । जसमा प्रतिनिधिसभाको यो कार्यकालभरी ओलीले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने तथा प्रचण्डले पार्टीको पूर्ण नेतृत्व गर्ने उल्लेख छ ।
त्यस्तै, प्रस्तावमा सरकारको कामका सम्बन्धमा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने तथा सचिवालयका सदस्यहरुको सुझाव अध्यक्षद्धयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था कानुनी प्रवन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मनित्रपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने।’ भनी उल्लेख गरिएकाे छ ।