फाइल तस्बिर ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने भएको छ । स्थायी कमिटीकाे बैठक २६ गतेका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे ।
गत साउन १३ गतेदेखि स्थगित बैठक २६ गते बाेलाउने सहमति भएकाे हाे । सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति जुटाएको हो ।
नेकपाभित्र विवाद बढ्दै गएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।