Aafno Khabar

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

  • आफ्नो खबर
  • September 2, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।

उहाँका अनुसार कोरोना संक्रमणबाट चितवनकी ५५ र १८ वर्षीया महिला, काठमाडौंकी ८९ वर्षीया महिला, ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीया महिला र कपिलवस्तुकी ६० वर्षीया महिला, बाराका ९७ वर्षीय परुष, चितवनका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष, काठमाडौंका ७० र ७५ वर्षीय पुरुष तथा धादिङका ४७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ । बुधबार नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २३ हजार २ सय ९० जना निको भएर घर फर्किएका छन् ।