Aafno Khabar

बुधबार थपिए देशभर ११ सय २० जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • September 2, 2020 प्रकाशित

काठमाडाैं । बुधबार देशभर एक हजार एक सय २० जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिनुभएकाे हाे ।

हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । देशभर हाल संक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको मन्त्रालयले जनाएकाे छ ।