काठमाडौं । काेराेना संक्रमणका कारण बन्द रहेका अन्तर्राष्ट्रिय उडानहरु भदौ १७ (सेप्टेम्बर २) देखि नियमित रुपमा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि हुने गरी नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्न लागेको हो । मन्त्रालयले उडान तालिकासमेत सार्वजनिक गरेको छ ।
उडान तालिका अनुसार मलेसियाको क्वालालम्पुर, टर्कीको इस्तानबुल, कोरियाको सोल, चीनका छन्दु, गोन्जाओ र छोङ्चिन्, युएईको सारजाहा, दुबई, अबुधाबी, कतार, हङकङ, र जापानको नारिताबाट नियमित रुपमा उडान हुनेछन् । नेपाल एयरलाइन्सले जापान, युएई, मलेसिया, हङकङका लागि नियमित उडान भर्ने छ। त्यस्तै, हिमालय एयरलाइन्सले चीनको छोङ्चिन्, मलेसिया, अबुधाबीका लागि नियमित उडान भर्नेछन् ।
त्यस्तै, खुला गरिएका गन्तव्यबाट अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले काठमाडाैंका लागि उडान भर्नेछन् । जसमध्ये चीनका एयर चाइना र चाइना साउदर्न, कोरियन एयर, मालिन्दो, टर्किस एयरलाइन्स, क्याथे ड्र्यागन, एयर अरेबिया, कतार एयर, फ्लाइ दुबई र मलेसियन एयरलाइन्स रहेका छन् ।
त्यस्तै, सेप्टेम्बरभर २७ वटा चार्टर उडान हुनेछ । सेप्टेम्बर २ मा हिमालय एयरलाइन्स माल्दिभ्स उड्ने छ । दोहा, कुवेत, जेद्दा, दमाम, ओमान र रियादका लागि चार्टड उडान हुने मन्त्रालयले जनाएकाे छ ।
यस्ता छन् शर्त :